Hamro Patra
प्रतिपक्षको विरोधका बाबजुद ३१ अर्वको बजेट प्रस्तुत

टीकापुर, भदौ ३१
प्रतिपक्षको चर्को विरोधका बाबजुद सुदूरपश्चिममा दोस्रो पटक बजेट प्रस्तुत भएको छ । पहिलो पटक अथवा असार १ गते दीर्घबहादुर सोडारी नेतृत्वको सरकारका पालामा तत्कालिन आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रस्तुत गरेको बजेट पास हुन सकेको थिएन ।

उक्त बजेट पास नभएपनि साउन १ गतेदेखि प्रदेशमा बजेट सुन्यताको अवस्था आएको थियो । सोमबार कमलबहादुर शाह नेतृत्वको सरकारका आर्थिक मामिला मन्त्री बहादरसिह थापाले ३ अर्व ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गरेका छन । चालुतर्फ १२ अर्व ८५ करोड ७४ लाख ४ हजार र पूँजीगततर्फ १८ अर्व ७६ करोड २४ लाख २३ हजारको बजेट प्रस्तुत गरिएको हो ।

Khadga Memorial And Janajagriti

तर प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने काँग्रेस एमालेको सरकारले संविधान विपरित नयाँ बजेट ल्याउन लागेको आरोप लगाउदै संसद बहिस्कार गरेका थिए ।

‘यो सरकारले संविधान विपरित बजेट ल्याएको छ । कुनै कानूनमा पनि दोस्रो पटक पूणर् बजेट ल्याउने प्रावधान छैन, त्यसैले विधिको शासनका लागि हामीले विरोधर गरेका हौं’ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले भने ।

प्रतिपक्षमा रहेका दलहरु बाहिरिएपछि  कार्यतालिका अनुसार संसद अगाडि बढेको थियो । सोमबार प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट बक्तब्यसँग सम्बन्धित विनियोजन विधेयक २०८१ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ फिर्ता लिने र आर्थिक वर्ष २०८१/८२ को राजश्व तथा ब्ययको वार्षिक अनुमान (बजेट) परिवर्तित र परिमार्जन गरी सभामा प्रस्तुत गर्ने कार्यतालिका थियो ।

सदनको कारवाही प्रारम्भ हुने वित्तिकै माओवादी र समाजवादीका प्रदेश सभा सदस्यहरुले उभीएर विरोध गरेका थिए । सभामुख भीम बहादुर भण्डारीले आफ्ना कुरा राख्न मनुमति दिएपछि  पूर्व मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले बर्तमान सरकारले संविधान र ऐन कानून मिचेर नयाँ बजेट ल्याएकाले विरोध गरेको बताएका थिए ।

सदनमा उभीएर विरोध गरेपछि २० मिनेटका लागि सदन स्थिगित गरिएको थियो । त्यसपछि पुनः बसेको प्रदेश सभाको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता मान बहादुर धामीले पनि नयाँ सरकारले ल्याएको बजेटको विरोध जनाउदै सदन बहिस्कार गरेका थिए । माओवादी र समाजवादीका प्रदेश सभा सदस्यहरु नाराबाजी गर्दै सदन बहिस्कार गरि बाहिरिपछि आर्थिक मामिलमन्त्री बहादुर सिह थापाले नयाँ बजेट प्रस्तुत गरेका हुन ।

माओवादी र समाजवादी बाहिरिएपछि सभामुख भण्डारीले कार्यसूची अनुसार सदनको कारवाही अगाडी बढाएका  थिए । सदनमा असार १ गते प्रस्तुत भएको बजेट फिर्ता भएको छ भने आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले नयाँ बजेट प्रस्तुत गरेका छन । प्रतिपक्षमै रहेका राप्रपाका सांसद खीमादेबी विष्ट र स्वतन्त्र सांसद डाक्टर तारा प्रसाद जोशी भने सदनमा उपस्थित थिए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update