Hamro Patra
बेलुवाबोझीका एक बालकसहित दुई जना मृत फेला

टीकापुर, भदौ ३०
शनिवार साँझदेखि बेपत्ता भएका कैलालीको टीकापुर नगरपालिका वडा नं. ६ बेलुवाबोझीका एक बालकसहित दुई जना मृत फेला परेका छन् । 

मृत फेला पर्नेमा बेलुवाबोझीका ८ वर्षीय बालक आरभ चौधरी छन् भने भजनी नगरपालिका वडा नं. ८ गुडचौराका ५५ वर्षीया जयराम डगौरा छन् । 

Khadga Memorial And Janajagriti

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार बालक शनिबार साँझदेखि हराई रहेका थिए भने उनको शव घर नजिकै रहेको नालामा डुबेको अवस्थामा फेला परेको हो । उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । 

उता, गुडचौराका डगौरा भने आफ्नो पसलबाट घर फर्किने क्रममा बाढीका कारण पानी जमेको खाल्डामा लडेका थिए । उनको शव समेत आज विहान सोही ठाउँमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update