Hamro Patra
करेन्ट लागेर एक महिलाको मृत्यु
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ ३० 
कैलालीको घोडाघोडी नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । नगरपालिका वडा नं. ११ सिसैयाकी ५६ वर्षीया किस्नी चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । 

आफ्नै घरमा मोटर चलाई कपडा धुने क्रममा चौधरी करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । घाईते चौधरीलाइ उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update