Hamro Patra
खोजी ! अनुपम मार्गको
Khadga Memorial And Janajagriti

सी.जी. “निर्मलश्री” 
(चतुर्भुज गौतम)

एकातिर ! 
रहरहरु छन् 
तिमीसँग जीवनका हरेक
पलहरु बिताउन 
पाउँछु कि भन्ने .......
.
अर्कोतिर !
जिम्मेवारीहरु छन् 
तिम्रा हरेक रहरहरु
पूरा गर्न सक्दैनँ कि भन्ने ........
.
के !
यी रहर र
जिम्मेवारी
बिच कुनै
मध्यमार्गी मार्ग 
छैनन् र प्रिय ?
मेरा रहर 
पूरा हुन सकून्
तिमीप्रतिका जिम्मेवारी
निभाउन सकूँ..........

.
म ! 
त्यही अनुपम 
मध्यमार्गी 
मार्गको खोजीमा 
भौंतारिरहेको छु
र सायद खोजिरहनेछु
अनन्तसम्म.......

टीकापुर-१, कैलाली 
हाल: काठमाण्डौं

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update