Hamro Patra
बाढीको जोखिम रहेका ५१ परिवारलाई सुरक्षित स्थानमा सारियो

टीकापुर, भदौ २८
कैलालीको सुदूरपूर्वी जानकी गाउँपालिकामा बाढीको जोखिममा रहेका ५१ घर परिवारलाई सुरक्षित स्थानमा  सारिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार पूर्व सूचनाका आधारमा जानकी गाउँपालिका वडा नम्बर ४ गिरधरपुरका ३५ घर र वडा नम्बर ७ फरेलाका १६ घर परिवारलाई सुरक्षित भवनमा सारिएको हो । 

Khadga Memorial And Janajagriti

वडा नम्बर ४ का वडा अध्यक्ष दिपेन्द्रकुमार कठरियाले पथरैया नदीको बाढी गाउँमा पसेकाले सुरक्षित स्थानतर्फ सारिएको बताए ।  

त्यस्तै जोशीपुर गाउँपालिकाको वडा नम्बर ४ को वाणी र पटाउ गाउँमा र ३ को भित्तरिया गाउँमा समेत पथरैया र काँढा नदीको बाढी पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले हाम्रोपत्रलाई जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update