Hamro Patra
अविरल वर्षापछिको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा, भदौ २८
निरन्तर वर्षाको कारण पहिरो खस्दा सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गसहित विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् ।

वर्षाका कारण तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा-डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन् ।

Khadga Memorial And Janajagriti

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहुखर्कमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरामा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूणर् रूपमा अवरुद्ध भएका हुन् । 

डोटीको बुडरबाट जोगबुढासम्म पुग्ने सडक पनि पूणर् रूपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ । गएरातिदेखि हुरीबतास र वर्षाले डडेल्धुरामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update