Hamro Patra
खुटिया नदिले गर्‍यो जल सतर्कता तह पार
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ २८
कैलालीको मध्यवर्ती खुटिया नदिले जल सतर्कता तह पार गरेको छ । मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनााएको छ । 

खुटिया नदीमा जल सतह बढ्दा तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने दक्षिणी होचा भू-भागहरूमा बसोबास गर्दै नागरिकलाई शनिवार बिहान ९ बजेसम्म सचेत रहन विभागले आग्रह गरेको छ । 

हिजो विहानैदेखि परेको अविरल वर्षाका कारण कैलालीको दक्षिणी भजनी, कैलारी लगायतका विभिन्न ठाउँहरु जलमग्न भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update