Hamro Patra
चिकित्सा शिक्षा अध्यापनको माग गर्दै विमानस्थल गेटमा बोर्ड टाँसियो
Khadga Memorial And Janajagriti

धनगढी, भदौ २७
कैलालीको गेटामा मेडिकल शिक्षा अध्यापनको माग गर्दै विमानस्थल गेटमा बोर्ड टाँसिएको छ । 

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले धनगढी विमानस्लथको गेटको दुबैतिर सरकार र नेताहरुको ध्यानाकर्षण हुने गरी ‘गेटामा मेडिकल शिक्षाको पढाई कहिले देखि हुन्छ ?’ भन्ने नारा सहित मूल गेटको दुबैतिर बोर्ड टाँसेको हो ।

संघीय सरकारका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री र नेताहरु यही बाटो आउने जाने गरेका तर गेटाका बारेमा बेवास्ता गरेको पाइएकाले उनीहरुको ध्यानाकर्षण होस भनेर बोर्ड टाँसेको संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update