Hamro Patra
सुदूरपश्चिममा मनसुन सक्रिय भएपछि उच्च सतर्कता

टीकापुर, भदौ २७
मनसुनको अन्तिमतिर आएर सुदूरपश्चिममा मनसुन सक्रिय भएपछि उच्च सतर्कता अपनाइएको छ । 

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यस प्रदेशमा आजदेखि भदौ २९ गतेसम्म मनसुनी प्रभाव रहन सक्ने भन्दै सम्बन्धित सबै निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएको हो । 

Khadga Memorial And Janajagriti

मन्त्रालयका प्रवक्ता एवम् उपसचिव कृष्णप्रसाद नेपालले विज्ञप्ति जारी गर्दै सबै मन्त्रालय, जिल्ला विपद् व्यवस्थापन समितिहरू, स्थानीय तह तथा सरोकारवाला र स्थानीयवासी सबैलाई सतर्क रहन आग्रह गरेका छन् । 

मन्त्रालयले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने हुँदा नदी र खहरे खोलामा पानीको सतह बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । 

यसैगरी, बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्बन्धित ठाउँको विपत् व्यवस्थापन समिति र सरोकारवालालाई जानकारी गराउन आग्रह गरिएको छ । 

बस्ती नजिक बाढी, पहिरो, डुबानको आकलन गरी सुरक्षाकर्मी एवम् स्थानीय तहको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन र विपदमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ख्याल राख्न आग्रह गरिएको छ । सम्भावित विपत्लाई ध्यानमा राखी खोज, उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई मन्त्रालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update