Hamro Patra
शाहीको अध्यक्षतामा महिला उद्यमी समिति गठन 

टीकापुर, भदौ २५
टीकापुर उद्योग वाणिज्य संघका सदस्य टीका शाहीको अध्यक्षतामा महिला उद्यमी समिति गठन भएको छ । विभिन्न ब्यापार व्यवशायमा संलग्न उद्यमी महिलाहरुको आज सम्पन्न भेलाले शाहीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । 

भेलाले समितिको उपाध्यक्षमा रेखादेवी नेपाली, सचिवमा भुवन चौधरी र कोषाध्यक्षमा शारदा बुढालाई चयन गरेको छ । 

Khadga Memorial And Janajagriti

त्यस्तै समितिको सदस्यहरुमा हीरा चौधरी, सीता चौधरी, कल्पना खड्का, शितला शाही, ईशा साउँद, सुशीला टमट्टा र पार्वती महतोलाई चयन गरिएको छ । 

समितिले महिला उद्यमीहरुका हकहितका पक्षमा वकालत गर्ने बताईएको छ । ब्यापार व्यवशायमा महिलाहरुको संलग्नतालाई बढाउने उद्देश्यले महिला उद्यमी समिति गठन गरेको संघका कार्यालय प्रमुख तर्कराज रिमालले जानकारी दिएका छन । 

हरेक उद्योग वाणिज्य संघले महिला उद्यमी समिति गठन गरेर ब्यापार व्यवशायमा महिलाको संलग्नतालाई बढाउन वकालत गर्दै आएका छन । 

संघले समेत विगतमा महिला उद्यमी समिति गठन गरेर विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको थियो । पछिल्ला केही वर्षमा निस्कृय रहेको समितिलाई पुर्नगठन गरेर सकृय बनाउन खोजेको कार्यालय प्रमुख रिमालले बताए । 

समितिको सम्पन्न भेलाले हरेक महिनाको १० गते मासिक बैठक बस्ने निर्णय गरेको छ । समितिका नाममा संघले कोष स्थापना गरेको छ । यसका साथै बैठकमा महिला उद्यमीहरुले मासिक बचत गर्ने र सोही कोषका जम्मा गरी विभिन्न कार्य सञ्चालन गर्ने बताईएको छ । 

टीकापुर उद्योग वाणिज्य संघका सदस्य पृथ्वीराज ढुंगाना र कार्यालय प्रमुख रिमालले भेलाको सहजिकरण गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update