Hamro Patra
सिद्धार्थ ग्रुपको २२ औं वार्षिकोत्सव

 टीकापुर, माघ २३

टीकापुरमा सामान्य खाजानास्ता पसलबाट आफ्नो व्यवशाय सुरु गरेको सिद्धार्थ ग्रुपले २२ वर्ष पूरा गरेको छ । वार्षिकोत्सवका अवसरमा गु्रपले देशैभरका आफ्ना शाखाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । टीकापुरस्थित होटल सिद्धार्थले आज बिहान केक काटेर आफ्नो वार्षिकोत्सव मनाएको छ । नेपाल रेडक्रस सोसाइटी टीकापुरका सभापति जगदीश्वर पण्डितले केक काटेर वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ गरेका छन । उनले सामान्य खाजानास्ता पसलबाट सुरु भएको सिद्धार्थ ग्रुपले देशैभर आफ्नो सेवा बिस्तार गरेर टीकापुरको समेत नाम फैलाएको बताए । उनले सिद्धार्थ टीकापुरको परिचय बनेको बताए ।

सो अवसरमा होटलका कर्मचारीहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका छन । उनीहरुले वार्षिकोत्सव अवसर रगत दान गरेर मनाएका छन । त्यस्तै सिद्धार्थ ग्रुपका अन्य शाखाहरुले अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण, सरसफाई कार्यक्रम समेत गरेका छन । गुल्मीको तम्घासस्थित रेसुङ्गा क्याम्पसका छात्राहरुलाई सेनेटरी प्याड मेसिन समेत प्रदान गरेको छ ।

ग्रुपले वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई माघ मसान्तसम्म आफ्ना सबै शाखाहरुमा फुड र वेभरेजमा १५ प्रतिशत छुट प्रदान गरेको जानकारी दिएको छ । यसैगरी ग्रुपले आगामी दिनमा आफ्नो सेवा सुविधालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता समेत गरेको छ । सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले २०५४ माघ २३ गते सामान्य खाजानास्ता पसलबाट आफ्नो व्यवशायिक जीवन सुरुवात गरेका थिए ।

उनको नेतृत्वमा रहेको ग्रुपले हाल नेपालगञ्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाण्डौं, महेन्द्रनगर, झापाको बिर्तामोडमा रेष्टुरेन्ट, होटल, रिसोर्ट, टे«ड, क्याफे, इन्ष्टिच्यूट, कृषि फर्म र सहकारी सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update