Hamro Patra
दाईको हत्या गर्ने भाई पक्राउ

टीकापुर, भदौ २५
कोदालोले प्रहार गरेर आफ्नै सहोदर दाईको हत्या गर्ने एक भाईलाई प्रहरीले पक्राउ गरेको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डोटीको जोरायल गाउँपालिका वडा नं. ६ का ५५ वर्षीय नरबहादुर जोराले आफ्नै सहोदर दाई अन्दाजी ६५/६६ वर्षका गणेश जोराको हत्या गरेका हुन् । 

Khadga Memorial And Janajagriti

घरायसी विवादमा नरबहादुरले कोदालोले टाउकोमा प्रहार गर्दा दाई गणेशको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

घटनापछि जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update