टीकापुर, भदौ २५
क्यानडा र अमेरिकामा हुने लिग–२ को सिरिजका लागि जगत टमट्टा कन्सल्टेन्ट कोच नियुक्त भएका छन । नेपाल क्रिकेट संघ (क्यान) नेपालले टमट्टालाई कन्सल्टेन्ट कोच नियुक्त गरेको हो ।
बिदाइ कार्यक्रममा क्रिकेट संघका सचिव पारस खड्काले यो टूरका लागि टमट्टालाई नियुक्ति गरिएको जानकारी दिएका छन । उनले दीर्घकालीन रुपमा सहायक प्रशिक्षकबारे छलफल गरिरहेको र यो टूरका लागि कन्सलट्यान्ट कोचका रुपमा नियुक्त गरिएको बताए ।
लिग २ अन्तर्गत क्यानडा भ्रमणमा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ ।
त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।
त्यसपछि नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ ।
क्यानडा भ्रमणका लागि क्यानले १६ सदस्सयीय टोली घोषणा गरिसकेको छ ।