Hamro Patra
पाँच दिवसीय ध्यान साधना सुरु

टीकापुर, भदौ २५
टीकापुरमा आजदेखी पाँच दिवसीय हिमालयन सिद्ध महायोग ध्यान साधना कार्यक्रम सुरु भएको छ । कार्यक्रम महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान टीकापुर शाखाले आयोजना गरेको हो । 

प्रतिष्ठान शाखा टीकापुरका अध्यक्ष जनकबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन समारोहमा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु प्रमुख अतिथि रहेका थिए ।

Khadga Memorial And Janajagriti

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारुले योग र साधनाले मानिसलाई स्वस्थ बनाउने बताए । उनले स्वस्थ शरीरका लागि योग र साधना जरुरी भएको बताए । उनले मानिस शारीरिक रुपमा मात्रै नभै मानसिक रुपमा समेत स्वस्थ हुनुपर्ने बताए । 

सोही अवसरमा महन्त श्री माधव रामदास जी र महायोगी सिद्धीबाबा आध्यात्मिक प्रतिष्ठानका केन्द्रिय सदस्य ललित भट्टराई विशिष्ट अतिथि रहेका थिए । 

टीकापुरस्थित योगाश्रममा सञ्चालन भएको कार्यक्रम भदौ ३० गतेसम्म जारी रहने बताईएको छ । कार्यक्रमको पहिलो दिन करिव एक सयको सहभागिता रहेको थियो । 

कार्यक्रममा योग र साधनाका बारेमा जानकारी प्रदान गरिने बताईएको छ । आयोजकले कार्यक्रममा सहभागीताका लागि सबैसँग आग्रह गरेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update