Hamro Patra
राष्ट्रिय युवा संघ कैलालीको अधिवेशन टीकापुरमा हुने 

टीकापुर, भदौ २५
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ कैलालीको १० औं जिल्ला अधिवेशन टीकापुरमा हुने भएको छ । संघको बैठकले यही असोज १३ र १४ गते अधिवेशन गर्ने निर्णय गरेको कैलाली जिल्ला अध्यक्ष लक्ष्मण थापाले जानकारी दिएका छन । 

बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न पाँच वटा विभाग समेत गठन गरेको छ । विभाग मध्ये अतिथि सत्कारमा अध्यक्ष थापा र उमेश तुलाचन रहेका छन । 

Khadga Memorial And Janajagriti

त्यस्तै आर्थिकमा सचिव अनन्त बोहरा, आवासमा नवराज ठकुल्ला र नहकुल बम, प्रतिनिधि व्यवस्थापनमा छत्र बुढा र प्रचार प्रसारमा केशव बोगटीलाई जिम्मेवारी दिईएको अध्यक्ष थापाले जानकारी दिए । 

उनका अनुसार अधिवेशनमा ७० जना आयोजक कमिटी सहित १५० जना प्रतिनिधिको सहभागिता रहनेछ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने बताईएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update