Hamro Patra
फलफूल वितरण गरेर तरुण दलले बिपि जन्मजयन्ती मनायो

टीकापुर, भदौ २४
नेपाली काँग्रेसको भातृ संगठन तरुण दल कैलाली क्षेत्र नं. १ ले आज एक कार्यक्रमको आयोजना गरी प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपि कोइरालाको १११ औं जन्मजयन्ती मनाएको छ । 

काँग्रेसका संस्थापक नेता रहेका कोइरालाको जन्मजयन्ती तरुण दलले टीकापुर अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएको छ ।

Khadga Memorial And Janajagriti

सो कार्यक्रमको प्रमुख अतिथि पूर्वसाँसद गंगबहादुर कुँवर रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै पूर्वसाँसद कुँवरले काँग्रेसका नेता कार्यकर्ताहरुले बिपिको विचार बिर्सेको बताए । उनले बिपिको विचार बिर्सेका कारण पार्टीभित्र खराब प्रवृत्ति हावी भएको बताए । 

कार्यक्रममा विशिष्ट अतिथि महासमिति सदस्य तथा प्रदेश कार्य समिति सदस्य केशरी रावल बिष्ट रहेकी थिईन । उनले बिपिले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने बताईन । 

फलफूल वितरण कार्यक्रममा प्रदेश कार्य समिति सदस्य धनबहादुर शाही, पूर्वमहासमिति सदस्य फकिरसिँह कडायत, महाधिवेशन प्रतिनिधिहरु धनराज उपाध्याय, चेतमान खत्री, अजगर अली कुरेसीको समेत उपस्थिति रहेको थियो । 

त्यस्तै जिल्ला सदस्यहरु महन्त साउँद, सुशीला टमट्टा, कैलाली क्षेत्र नं. १ ख प्रदेश कार्य समिति उपसभापति मोतिराम भण्डारी, टीकापुर नगर सभापति नरेशकुमार खत्री लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । 

तरुण दल कैलाली क्षेत्र नं. १ का सभापति कल्पेश कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल टीकापुर नगर सभापति किरण कडायतले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तरुण दलमा आवद्ध युवाहरुको उपस्थिति रहेको थियो । तरुण दलले हरेक वर्ष विविध कार्यक्रम गरेर बिपि जन्मजयन्ती मनाउने गरेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update