झाडापखालाबाट थप एक जनाको मृत्यु
बाँके, भदौ २३
बाँकेमा झाडाबान्ताबाट थप एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नं. ५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।
‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ’ उनले भने ।
सो पालिकामा तीन जना झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एक जनाको भेरी अस्पताल र अर्का एक जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
एक जना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँच जनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताए ।
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१ १४:५९
प्रतिक्रिया दिनुहोस्