Hamro Patra
लम्कीमा प्रहरी र प्रदर्शनकारीबीच झडप
Khadga Memorial And Janajagriti

टोपप्रकाश वि.क.
टीकापुर, १९ माघ
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४ बलियामा सुरक्षाकर्मी र प्रदर्शनकारी झडप भएको छ । शुक्रवार रातिदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका मृतकका समर्थक र प्रहरीबीच राजमार्ग खुलाउने विषयमा विवाद हुँदा झडप भएको हो ।
सडक दुर्घटनामा परी ज्यान गुएका लम्कीचुहा नगरपालिका वडा नं. ६ लुहारपुरका मायाराम चौधरीको ज्यान गएको थियो । मृतक चौधरीले चलाएको से २ प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा चौधरीको घटना स्थलमै मृत्यु भएको हो । पीडितले न्याय पाउनु पर्ने माग गर्दै प्रदर्शनकारीहरुले दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।
प्रदर्शनकारीहरुले प्रहरी माथि ढुङ्गा र ईटाका टुक्रा प्रहार गर्दा एक दर्जन बढी सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारीहरु समेत घाइते भएका छन् । भीड नियन्त्रण लिन प्रहरीले दर्जन बढी अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग आज समेत दिनभर ठप्प रहेको छ । राजमार्ग ठप्प हुँदा सयौं सवारी साधन र यात्रीहरु अलपत्र परेका छन् । घटनाबारे छलफल गर्न ईलाका प्रहरी कार्यालयमा पिडितपक्षसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका चौधरी पक्षधरहरुले ठक्कर दिने सवारी दोषीलाई तत्काल पत्ता लगाई कारवाही गर्न र उचित क्षतिपुर्तिको माग गरिरहेका छन् ।
मृतकको सश पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । पीडित पक्षले भने दोषीलाई कारवाही नगरेसम्म शव नबुझ्ने अडान लिँदै आएका छन् ।
प्रहरीले ठक्कर दिएको हुनसक्ने आशंकामा से १ च १७०० नम्बरको एम्बुलेन्स र चालक कालुसिंह भुललाई नियन्त्रणमा लिएर अनुसंधान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update