Hamro Patra
प्रेमिल समर्पण
Khadga Memorial And Janajagriti

सी.जी. "निर्मलश्री"

गैर व्यक्तिलाई !
कसले 
गौर गर्छ र ?
कसले कुनै
शंका नै गर्छ र ?
कसले अनावश्यक
आरोप नै लगाउँछ र ?
कुरा जब 
प्रेमको आउँछ
आफैँलाई 
तिम्रो नजरमा दोषी 
देखाउन मन लाग्छ
प्रेमको हरेक झ्यालखानामा
तिम्रै नाममा आरोपित 
हुन मन लाग्छ
तिम्रै नाममा
कैदी बन्न मन लाग्छ...
.
मञ्जुर ! 
छ मलाई
जीवनभरीको सजाय
आजिवन  ! 
काराबासको सजाय
तर !
झ्यालखाना वा बन्दीगृह 
केवल !
तिम्रो दुईहात
भित्रको बन्धन 
या त तिम्रो 
न्यानो काख हुनुपर्नेछ 

.....

टीकापुर-१ कैलाली
हाल : काठमाण्डौ 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update