Hamro Patra
टीकापुरबाट अवैध काठसहित एक पक्राउ
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ २३
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ बाट अवैध काठसहित एक जना पक्राउ परेका छन् ।

नगरपालिका वडा नं. ५ भगरैयाका ४७ वर्षीय खुशीराम चौधरीलाई अवैध काठसहित इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले  खडकचोकबाट पक्राउ गरेको हो । 

नम्बर पिलेट स्पष्ट नदेखिने चौधरीले चलाएको ट्याक्टरमा अवैध खयरको काठ १९ थान गोलिया ९५.८९ (क्युफिट) फेला पारी अवैध काठ सहितको ट्याक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सव-डिभिजन वन कार्यालय टीकापुर, कैलालीमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update