Hamro Patra
गैँडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्युः दुई अमेरिकी घाइते 
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ २१
बर्दिया राष्ट्रिय निकुञ्जमा आज बिहान गैँडाको आक्रमणबाट एकजना ‘नेचर गाइड’को मृत्यु भएको छ । 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका वडा नं. ६ स्थित डल्ला सामुदायिक वनमा गैँडाले आक्रमण गर्दा ‘नेचर गाइड’ ठाकुरबाबा नगरपालिका वडा नं. ९ बस्ने ३५ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो ।  

त्यस्तै घटनामा अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । उनीहरूको अहिले भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ । घाइतेको परिचय उपलब्ध हुन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update