Hamro Patra
३२ करोडको सभागृह प्रयोगविहीनः उपकरण बिग्रने जोखिम

धनगढी, भदौ २१
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा निर्माण गरिएको सभागृह प्रयोगविहीन भएको छ । नेपाल सरकारको ३२ करोड ६० लाख ८१ हजार रुपैयाँ लागतमा करिब दुई वर्षअघि निर्माण सम्पन्न भएको सभागृह प्रयोगविहीन भएको हो । 

सभागृह सञ्चालनमा नआउँदा धनगढीमा आयोजना हुने सरकारी सभा, सम्मेलन होटेल तथा पार्टी प्यालेसमा गर्नुपर्ने अवस्था कायमै छ । धनगढी उपमहानगरपालिका वडा नं. ८ मा एक बिघा क्षेत्रफलमा निर्माण गरिएको सभागृहमा साढे ६ शय र दुई शय जना अट्ने क्षमताका दुईवटा आधुनिक हल छन् । 

Khadga Memorial And Janajagriti

त्यस्तै, विशिष्ट र अतिविशिष्ट कक्ष छ । सभागृहमा एक शय वटा मोटरसाइकल र ५० वटा कार ‘अन्डरग्राउन्ड पार्किङ’को सुविधा छ । ठूलो लगानीमा बनेको सभागृह प्रयोगमा ल्याउन सरकारी निकायले चासो दिएका छैनन् ।

सभाहलभित्र टेबुल, कुर्सीहरू राखिएका छन् । लामो समयसम्म प्रयोगविहीन हुँदा सभागृहमा जडान गरिएका एसीलगायत उपकरण बिग्रने जोखिम छ । संघीय सरकारको लगानीमा संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीअन्तर्गत सभाहल निर्माण गरिएको हो । कार्यालयले सभागृह सञ्चालनमा चासो नदिँदा सभागृह दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको स्थानीयले बताएका छन् । 

२४ असार ०७९ मा सभागृह निर्माणको काम पूरा गरेको आयोजना कार्यान्वयन इकाइका सूचना अधिकारी सौरभ कलौनीले बताए । बिकेओआई एमके रोयल जेभीसँग ०७९ माघमा सभाहल निर्माणको सम्झौता भएको थियो ।

सभागृहभित्र ‘साउन्ड सिस्टम’ जडान नभएकाले सञ्चालनमा आउन नसकेको उनले बताए । साउन्ड सिस्टम जडानका लागि संघबाट यस वर्ष पनि आवश्यक बजेट नआएकाले सभागृह सञ्चालनको मिति यकिन नरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update