Hamro Patra
नेपाली क्रिकेट टोली श्रीलंका

काठमाण्डौं, भदौ १६
नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का पुगेको छ । सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय श्रृङखलाका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको हो ।

नेपालले आइसिसी विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्कामा अभ्याससँगै श्रीलङ्का डेभलपमेन्ट टोलीसँग तीनवटा एकदिवसीय श्रृङखला खेल्न लागेको हो ।

Khadga Memorial And Janajagriti

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय श्रृङखलाको बारेमा जानकारी दिएको हो । 

सेप्टेम्बर १६ देखि २६ तारिखसम्म क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिदेशीय श्रृङखला हुँदैछ । सोही श्रृङखलाका लागि नेपालले भारतपछि श्रीलङ्कामा तयारी गर्न लागेको हो ।

क्यानले श्रीलङ्कामा हुने तयारीका लागि १९ सदस्यीय टोली घोषणा पनि गरेको छ । नेपाली टोलीमा रोहित पौडेल, आसिफ सेख, अनिलकुमार साह, देव खनाल, भीम कार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा र रिजन ढकाल छन ।

त्यस्तै ललितनारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन ।
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update