Hamro Patra
बझाङ र साँफेबगर जहाज सुचारु

धनगढी, भदौ १६
समिट एयरले बझाङ र अछामको साँफेमा नियमित उडान गर्ने भएको छ । भोलिदेखी धनगढी बिमानस्थलबाट बझाङ र साँफेबगर उडान गर्ने समिट एयरले जनाएको छ । 

समिटले प्रत्येक हप्ताको सोमवार र बिहिबार नेपालगन्ज देखी धनगढी र धनगढी देखी बझाङ र साँफे उडान भर्ने समय तालिका राखिएको छ । नेपालजञ्जबाट हुम्ला–सिमिकोट उडान गरेर विहान करिब ९ बजे धनगढी आउने र धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे र नेपालगन्ज उडान भर्ने तालिका बनाइएको छ । यो सोमबार उडाउन भर्ने कार्यतालिका हो ।

Khadga Memorial And Janajagriti

अर्को उडान बिहिबार सिमिकोटबाट धनगढी–बझाङ र त्यहाँबाट नेपालगन्ज हुने तालिका रहेको छ । समिट एयरले सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा नियमित उडान गर्ने योजना बनाएपनि मौसम लगायतका बिभिन्न कारण उडान कार्य अवरुद्ध बन्न पुगेको थियो ।

२०३५ सालदेखी पुर्ण रुपमा बन्द रहेका बझाङ लगायतका बिमानस्तथल पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्रे गरेपछि नियमित उडान सुरु भएको थियो । 

यसअघि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न परीक्षण उडान गरिएको थियो । समिट एयरले धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update