Hamro Patra
टीकापुर महोत्सव २०७६ सुरु/मन्त्री योगेश भट्टराईद्वारा उद्घाटन

टीकापुर, माघ १४

सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७६ आजदेखी टीकापुरको खुलामैदानमा सुरु भएको छ ।

Khadga Memorial And Janajagriti

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन । महोत्सवको उद्घाटन समारोहको प्रमुख अतिथि रहेका मन्त्री भट्टराईले सबैको सहकार्यले मात्रै देश सम्वृद्धिको दिशामा अघि बढ्न सम्भव रहेको बताए ।

उनले काँग्रेस र कम्युनिष्टको सहकार्यले नै अहिलेसम्मको परिवर्तन सम्भव रहेकाले आगामी दिनमा समेत सहकार्य गरेरै अघि बढ्नुपर्ने बताए । ‘सरकार सहकार्य गरेर अघि बढ्ने कुरामा प्रतिवद्ध छ’ उनले भने–‘सहकार्यले मात्रै सबै कुरा सम्भव छ ।’ उनले टीकापुर घटना राजनीतिक उद्देश्य प्राप्तिका लागि भएपनि गलत तत्वले खेलेको हुनसक्ने बताए ।

उनले विगतका सबै तिता कुराहरु बिर्सेर मुलुकलाई नयाँ दिशातर्फ अग्रसर बनाईनुपर्नेमा जोड दिए । ‘विगतका तिता कुरा बिर्सनुपर्ने बेला आएको छ’ उनले भने–‘परिवर्तनका लागि ज्यान गुमाउनेका परिवारलाई पीडा होला । सरकार पीडित परिवारको भावना प्रति संवेदनशील छ ।’

महोत्सव आयोजक टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले टीकापुरस्थित हवाईमैदान कालोपत्रे सहित पुर्नसञ्चालन गर्न माग गर्दै एक सुत्रीय मागपत्र मन्त्री भट्टराई समक्ष पेश गरेका छन । सो माग पत्रका बारेमा बोल्दै मन्त्री भट्टराईले चाँडै बन्द अवस्थामा रहेको हवाईमैदान पुर्नसञ्चालनका लागि अध्ययन गर्न प्राविधिक टोली पठाउने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा मन्त्री भट्टराईले समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सात जनालाई सम्मान गरेका छन । सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट भक्तिराम कोइराला, व्यवशायी टीकाराम जैशी, पत्रकार गणेश चौधरी, कृषक टेकेन्द्र धामी, पर्यटनकर्मी भोजराज ढुंगाना, कलाकर्मी शिशिर साधक र खेलकुद क्षेत्रबाट जनक केसी रहेका छन । उनीहरु सबैलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

महोत्सव उद्घाटन समारोहमा विशिष्ट अतिथि रहेका सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले विकासका काममा राजनीतिक विवाद गर्न नहुने बताए । उनले सबैको सहकार्यले मात्रै विकासका काम अघि बढेको बताए । सो अवसरमा सुदूरपश्चिम प्रदेशका साँसद उमादेवी बादी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, संघका पूर्वअध्यक्ष नवराज रावल, उपाध्यक्ष चक्रपाणी सापकोटा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन महासचिव तपेन्द्र स्वाँर र सचिव गणेशराज रेग्मीले सञ्चालन गरेका थिए । महोत्सवमा विभिन्न समुदायका झाँकी प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update