Hamro Patra
फूलबारीमा फुटवल प्रशिक्षण केन्द्र बन्ने 

धनगढी, भदौ १६
धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ । फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्नका लागि धनगढी उपमहानगरपालिका र अखिल नेपाल फूटबल संघ एन्फाबीच सम्झौता भएको हो ।

फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न पहिलो चरणमा एक करोड ३४ लाख ३३ हजार नेपाली रुपैयाँ विनियोजन भएपछि सम्झौता भएको हो ।

Khadga Memorial And Janajagriti

सम्झौतामा एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ र उपमहानगरपालिका मेयर गोपाल हमालले हस्ताक्षर गरेका छन् ।

‘धनगढी उपमहानगरपालिका–१८, फूलबारीमा फुलबल प्रशिक्षण केन्द्र निर्माणका लागि दुवै पक्षबीच हस्ताक्षर गरी सम्झौता कार्यक्रम सम्पन्न भएको छ,’ मेयर हमालले भने, ‘फूलबारीको डिपोबजार नजिक उपमहानगरपालिकाले उपलब्ध गराएको ५ बिघा जग्गामा कम्तिमा पाँच हजार जना दर्शक बस्ने प्याराफिटसहितको प्रशिक्षण केन्द्र (एकेडेमी) निर्माणका लागि सम्झौता भएको हो ।’

फुटबल एकेडेमीले धनगढीको आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान गर्ने मेयर हमालको विश्वास छ ।

अखिल नेपाल फुटबल संघको भदौ ११ र १३ मा बसेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न लागिएको हो ।

यसअघि कैलालीकै टीकापुरमा प्रशिक्षण केन्द्र निर्माण गर्ने तयारी थियो । तर, जग्गा व्यवस्थापन हुन नसक्दा उक्त योजना अलपत्र परेको थियो ।
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update