Hamro Patra
प्रधानाध्यापक नियुक्ती विरुद्ध विद्यार्थी आन्दोलित 

सुखड, भदौ १६
घोडाघोडी नगरपालिकाले शिक्षा नियमावली २०५९ विपरीत प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीले आन्दोलन सुरु गरेका छन ।

शिक्षा नियमावली २०५९को नियम ९३ मा विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ । तर, नगरपालिकाले नियमावली विपरीत आफै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीले आन्दोलन सुरु गरेका हुन् ।

Khadga Memorial And Janajagriti

नगरपालिकाको गैर कानुनी नियुक्ति सच्चाउनु पर्ने भन्दै पहलमानपुरस्थित श्री कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आज विद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले कार्यालय र मूल गेटमा ताला लगाएका हुन् । मुलगेटमा विद्यार्थीहरूले तालाबन्दी गर्दा अधिकांश शिक्षकहरू भित्रै थुनिएका छन् ।

यस अघि विद्यार्थीहरूले नगरपालिकाको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहलाई माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनीसहितको प्रेस विज्ञप्ति बुझाएका थिए ।

नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको विद्यार्थीहरूले बताएका छन् । विद्यालय यहाँसम्म ल्याई पुराउन शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेको तर, अहिले नगरपालिकाले विद्यालयलाई धराशायी बनाउन लागेको उनीहरूको आरोप छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update