Hamro Patra
“वैभवी ललिपप” हैन प्रेम
Khadga Memorial And Janajagriti

सि.जी. “निर्मल श्री”
चतुर्भुज गौतम

अञ्जानबाटै हुन्छ
मित्रताको शुरुवात
लाग्छ 
मित्रता एउटा भावना हो
प्रेम एउटा विश्वास हो
भावनाको व्यापार गर्ने
प्रेमको मोल लिने वा दिने
कुनै व्यापारिक 
छैनन् मेरा मन्हरु !
कविताको पसलमा
के नै व्यापार 
गर्न सकिन्छ र खै ?
एकाध थान कविताका
गोडा दुएक
शाब्दिक श्रृङ्खलाहरु बाहेक
मसँग 
वैभवी ललिपपको साटोमा 
विनिमय गर्ने कुनै
शब्दहरु नै छैनन्.....
.
“वैभवी” ललिपप !
प्रेमको साटोमा प्रेम !
सम्बन्धको साटोमा धोका !
विनिमय गर्ने 
कुनै सामाग्री छैनन् मसँग
प्राकृतिक सुन्दरताका शब्दहरु
सिर्जित गर्ने
मेरो बहिखातामा
व्यापारिक मोलमोलाईका कुनै
तौल तुलाई आवश्यक छैनन्
त्यसैले त 
प्रेमको साटोमा प्रेम गर्छु म
सम्बन्धको मूल्य 
सम्बन्धमा हेर्छु म 
कुनै वैभवी ललिपपले 
लोभ्याउँदैनन् मलाई ......
.
शरीर कुनै !
प्रेम हैन प्रिय !
भावनालाई शरीरसँग 
खेल्न नखोज
अधिकारको प्रत्यायोजन
विचारमा सम्प्रेषण गर
भौतिक, अभौतिक
शारिरिक र मानसिक प्रेमलाई 
प्रेमको काल्पनिक दृष्टिले हेर
कतै वैभवी ललिपपमा
लुटपुटिएर तिमी
विस्तारै विस्तारै 
प्रेम केवल एक व्यापार हो भन्ने
फगत व्यापारीको फन्दामा नपरे
त्यस्तो व्यापारीको फन्दामा ! 
जोे वैभवी ललिपप बेचेर कतै 
सुद सहित 
वैभवी बलात्कारको मोटो 
हिसाब किताब गर्न सक्छ.....
.
प्रिय !
प्रेम कुनै 
वैभवी ललिपप हैन 
प्रेम ! निष्ठा हो
त्याग हो 
प्रेम ! समर्पण हो
आस्था हो 
प्रेम प्रकाशपुञ्ज हो
केवल !
कल्पनामा विचरण गराउने
अनन्त प्रकाशपुञ्ज हो .......

टीकापुर १, कैलाली
हाल: काठमाण्डौं 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update