Hamro Patra
भिरबाट लडेर महिलाको मृत्यु
Khadga Memorial And Janajagriti

बझाङ, भदौ १४
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका वडा नम्बर ३ की ४० वर्षीया खुडकी ऐरीको भिरबाट लडेर मृत्यु भएको हो ।

घाँस काटने क्रममा आज दिउसो भिरबाट लडेर ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली खटिएर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । 

घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बझाङ लगायत पहाडी जिल्लामा भिरबाट लडेर हरेक वर्ष नागरिकले ज्यान गुमाउने गर्छन । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update