Hamro Patra
बाजुरामा पहिरोले नदी थुनियो, सतर्क रहन आग्रह
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ १४
बाजुराको हिमाली गाउँपालिकास्थित कुवाडी नदी पहिरोले थुनिएको छ । कर्णाली नदीको सहायक नदीका रुपमा रहेको सो नदी थुनिएर ताल परेको छ । 

गाउँपालिका कार्यालयले आज सार्वजनिक सूचना जारी गरी कुवाडी र कर्णाली नदी आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । 

सार्वजनिक सूचनामा उल्लेख भए अनुसार हिमाली गाउँपालिका वडा नम्बर २ मा आएको पहिरोले नदी थुनिएको छ । कुनैपनि बेला पहिरो भत्किएर नदीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन जानकारी दिईएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update