Hamro Patra
रास्वपामा केन्द्र पछि प्रदेशमा महामन्त्री बर्खास्त 

टीकापुर, भदौ १४
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रमा मात्रै नभई प्रदेशमा समेत महामन्त्री बर्खास्त थालेको छ । सो पार्टीका सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्तमा परेका हुन । 

उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन । बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए ।

Khadga Memorial And Janajagriti

संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गरेपछि बर्खास्त गर्नुपरेको प्रदेश सभापति विष्टले जानकारी दिएका छन । बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो । ७२ घण्टाभित्र स्पष्टीकरण दिन भनिएकामा उनले जवाफ पनि दिएका थिए ।

तर स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले बिहीबारदेखि लागू हुने गरी प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त विष्टले बताएका छन ।

प्रदेश महामन्त्रीबाट बर्खास्त गरिएका बाहुनले भने प्रदेश सभापतिले व्यक्तिगत सम्बन्धलाई लिएर कारबाही गरेको बताएका छन । नेतृत्वलाई खुसी पार्न नसक्दा महामन्त्रीबाट हटाइएको उनले बताएका छन ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update