Hamro Patra
मनिष खड्काको चरी मरे पछि

टीकापुर,माघ १४

चर्चित हास्यकलाकार मनिष खड्का पछिल्लो समय गायन क्षेत्रमा उदयमान भई रहेका छन्। झिल्के डन, फिलिम हेर्न जाउ,हिट हुन्छ रे, पार्टी दिन्छु म र थारु गित बरे गोहर बिल्गैठो बाट चर्चा कमाई सकेका खड्काले सोमबार अर्को नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरेका छन्।

Khadga Memorial And Janajagriti

“माया रिसैले” बोलको गीतमा मनिष खड्काको आवाज रहेको छ। गीतमा शब्द तथा संगीत पनि मनिषकै रहेको छ।

गीतमा चर्चित र्याप गायक मिष्टर आरजेले ‍र्याप दिएका छन। डान्सिङ्ग प्याटर्नमा निर्माण गरिएको गीतको भिडियो निकैनै दमदार रहेको छ।
भिडियोमा मनिष संगै मिस्टर आरजे,मुकुन्द जिसी र मनिषा पलले अभिनय गरेका छन। भिडियो हेर्नुहोस्

प्रकाश खड्काको छायाँकन, मिलन बिश्वकर्माको सम्पादन र बिक्रम चौहानको निर्देशन रहेको भिडियो मनिष खड्काको आफ्नै अफिसियल युट्यूब च्यानल बाट सार्वजनिक गरिएको छ।

 

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update