Hamro Patra
नहरले बगाउँदा ३ वर्षीया बालिकाको मृत्यु
Khadga Memorial And Janajagriti

बर्दिया, भदौ १४
बर्दियामा बबई सिँचाइ नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा बारबर्दिया नगरपालिका वडा नं. ९ कर्तनियाकी तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् ।  

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गए राति  नहरको किनारमा उनले लगाउने चप्पल फेला परेको थियो । बालिकाको आज बिहान शव फेला परेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

नहर किनारमा चप्पल फेला परेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गरेको थियो। चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ बारबर्दिया ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको अर्यालले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update