Hamro Patra
चिसापानी पुलबाट हाम फालेकी महिला बेपत्ता
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ १३

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानीस्थित कर्णाली नदीको पुलबाट हाम फालेकी एक महिला बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नाम, थर र बतन नखुलेकी अन्दाजी ४०÷४५ वर्षीय महिला पुलबाट हाम फालेर बेपत्ता भएकी हुन् ।

चिसापानीस्थित कर्णाली पुलबाट महिलाले हाम फालेपछि स्थानीयले प्रहरीमा खरब गरेका थिए । पाँच जना प्रहरीको टोलीले उनको खोजी गर्दैछ । तर, महिलाको अवस्थाका बारेमा केही खुलेको छैन ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update