Hamro Patra
करेन्ट लागेर एक महिलाको मृत्यु
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ १२
कैलालीको धनगढीमा आफ्नै घरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आज धनगढी उपमहानगरपालिका वडा नं. २ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागेर घाइते उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update