Hamro Patra
गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको छ: परराष्ट्र मन्त्री राणा

धनगढी, भदौ १२
नेपाली काँग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताइन् । गौरा पर्व मनाउन धनगढी पुगेकी मन्त्री राणाले गौराको पूजाअर्चनापछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सो कुरा बताए । 

उनले गौरा पर्वलाई समृद्धिको पर्वको रुपमा समेत रहेको बताइन् । हरेक वर्ष गौरा पर्व मनाउन आफू धनगढीस्थित घरमा आउने गरेको बताउँँदै उनले भने ‘धनगढी घरमा हामी हरेक वर्ष गौराको पूजा अर्चना गर्दै आएका छौँ । यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएको छु ।’ 

Khadga Memorial And Janajagriti

गौराले समाजिक एकता र भाइचाराको सम्बन्ध कायम गरेको समेत मन्त्री राणाले बताए । मन्त्री राणालाई बुधबार बिहान धनगढी विमानस्थलमा कार्यकर्ता तथा समर्थकले भव्य स्वागत गरेका थिए । 

स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, अर्थिक मामिला मन्त्री बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का पुर्व भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update