Hamro Patra
फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, भदौ १२
घरेलु मैदानमा जारी साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल बंगलादेशसँग भिड्दै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको फाइनल खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने बताए पनि मैदान खराब भएकाले एन्फा कम्प्लेक्स मैदानमै हुने भएको हो । 

Khadga Memorial And Janajagriti

सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो। समूह चरणमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा भिडेको थियो । 

समूह उपविजेता बंगलादेशले साविक विजेता भारतलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो । सन् २०१७ मा भएको साफ यू-१८ को उपाधि जितेयता नेपाल च्याम्पियन बन्न सकेको छैन ।

अतः यसपटक घरेलु मैदानमा बंगलादेशलाई हराएर नेपाल उपाधिको नयाँ इतिहास रच्न चाहन्छ । तर बलियो टोली भारतलाई हराएको बंगलादेश नेपालका लागि सहज छैन ।

सिनियर होस् वा उमेर समूह, नेपालका लागि पछिल्लो समय दक्षिण एसियामा एक समय कमजोर मानिने टोली पनि चुनौती बनिरहेका छन् । 

त्यसैले आजको फाइनल प्रतिस्पर्धामा नेपाली युवा टोली फिनिसिङ लाइनमा देखिएको कमजोरी सुधार्दै जित्ने रणनीतिका साथ मैदानमा उत्रन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update