Hamro Patra
नेकपा बहुमतका ६ जना अत्तरियाबाट पक्राउ
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ ११
प्रहरीले नेकपा बहुमत निकट ६ जनालाई कैलालीको अत्तरियाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको आदेशअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले ६ जनालाई पक्राउ गरेको हो । अत्तरियाको प्रतिभा पुस्तकालयमा बैठक बसिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

सुदूरपश्चिम बिद्यार्थी कमिटीको बैठक बसिरहेका बेला प्रहरीले धरपकड गरेको सो पार्टीका कञ्चनपुर इञ्चार्ज हरिश दयालले बताए । प्रहरीले भने पक्राउ गर्नुको कारण खुलाएको छैन । पक्राउ परेका ६ जनालाई अहिले जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update