Hamro Patra
नदीमा डुबेर एक बालकको मृत्यु
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ ११
कैलालीको कैलारी गाउँपालिकामा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । कैलारी गाउँपालिका वडा नं. ६ भगतपुरस्थित नाम थर नखुलेको करिब ११ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको हो । 

घुरा नदीमा नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा अहिले ४ जनाको टोली घटनास्थलमा खटिएको छ । शव भने फेला परिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update