Hamro Patra
प्युठानमा कार्यरत टीकापुरका सापकोटा मृत फेला

प्युठान, भदौ ११
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ ज्योतिनगर घर भई ऐरावती गाउँपालिका वडा नं. ६, स्थित जनता माध्यमिक विद्यालय बिजुलीमा कार्यरत शिक्षक चन्द्रप्रकाश सापकोटा मृत फेला परेका छन् । 

सापकोटा विद्यालयदेखि करिब दुई किलोमिटर टाढा बाटोमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी केशव केसीले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

माध्यमिक विद्यालय तहमा स्थायी दरबन्दी रहेका शिक्षक सापकोटा विद्यालयमा बस्दै आएका थिए । उनी गाउँपालिकामा सञ्चालन भएको तालिमबाट फर्किने क्रममा घटना भएको प्रहरीले अनुमान गरेको छ ।

प्रहरीका अनुसार मृतक सापकोटाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । शवको पोष्ट मार्टम गरी आफन्तलाई बुझाएको सूचना अधिकारी केसीले बताए । 

गजल साहित्यमा दख्खल राख्ने सापकोटा टीकापुरस्थित रेडियो नमस्ते, रेडियो फुलबारी एफ.एम.मा लामो समय कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update