Hamro Patra
संघ र प्रदेशले खोस्दै स्थानीयका अधिकार

टीकापुर, माघ ६

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजनामा दुईदिने स्थानीय तहको नीति तथा योजना सम्बन्धी कार्यशाला गोष्ठी आजदेखी टीकापुरमा सुरु भएको छ ।

Khadga Memorial And Janajagriti

गोष्ठीको उद्घाटन सत्रमा बोल्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपालका सचिवालय सदस्य उमेशप्रसाद भट्टले ऐन कानूनका नाममा स्थानीय तहको अधिकार खोस्ने काम भैरहेको बताए । उनले यस कार्यमा संघ र प्रदेश दुवै सरकार रहेको बताए ।

उनले सिँहदरवारमा रहेका संघीयता विरोधी तत्वले जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारलाई बदनाम गराउन प्रयास गरिरहेको बताए । ‘हामीले धेरै काम गरेका छौं तर कामै नगरेको भनेर बदनाम गरिदैछ’ उनले भने–‘हामीले आफूले गरेको कामको प्रचार गर्न सकेका छैनौं ।’

सो अवसरमा सुदूरपश्चिम प्रदेश सदस्य लालबहादुर खड्काले प्रदेश सरकारको अवस्था आफैमा दयनीय रहेको बताए । उनले संघले प्रदेश मातहतको अधिकार क्रमिक रुपमा आफ्नो पक्षमा लगिरहेको दावी गरे । उनले योजना निर्माणको काम स्थानीय तहले गर्ने र प्रदेश र संघले त्यसको अनुगमन गर्ने गरी तीनवटै सरकार एकसाथ अघि बढ्न आवश्यक देखिएको बताए ।

उनले तीनवटै सरकारकाबीच समन्वय भए मात्रै मुलुकले सम्वृद्धिको बाटो समात्ने बताए ।

त्यस्तै अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरले समयमा बजेट निकासा नहुँदा जनताको अपेक्षा अनुसारको काम गर्न नसकिएको बताए । उनले संघबाटै स्थानीय तहको बजेट समयमा निकासा नगरेर रोक्ने काम भैरहेको बताए ।

गोष्ठीमा सुदूरपश्चिम प्रदेशका नौ नगरपालिका र १४ गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update