Hamro Patra
क्रेनको ठक्करबाट एक युवकको मृत्यु
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ 
कैलालीको लम्कीमा क्रेनको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । 

सोमबार राति लम्कीचुहा नगरपालिका वडा नं. ४ बलियास्थित पूर्ब पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र -२-०३-००१ क २०२७ नम्बरको क्रेनले स्थानीय ४२ वर्षीय किरणप्रसाद शर्मालाई ठक्कर दिएको हो । उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्रेनको ठक्करबाट घाइते भएका शर्माको टाउको र छातीमा चोट लागेपछि उपचारका लागि अस्पताल लगिएको थियो । क्रेन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update