Hamro Patra
ब्याडमिन्टन प्रतियोगितामा केराबाली फर्म प्रथम
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ १० 
टीकापुर बसपार्क युवा क्लबद्धारा कृष्ण जन्माष्टमीको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा दिनेश केराबाली फर्मको टिम विजयी भएको छ

टीकापुर सिटी हलमा आयोजित प्रतियोगिताको फाइनलमा केराबाली फर्मका एकेन्द्र शाह र कणर् टमट्टा विजयी भएका हुन् । आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा आयोजक क्लबका मीन बोहरा र सन्देश पाण्डेको टिम दोश्रो भएको छ ।

त्यस्तै प्रेम भण्डारी र चरण चौधरी तथा शैलेस साउँद र सुशील शाहुको जोडी तेश्रो भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । प्रथम हुने टिमले १५ हजार नगद, दोश्रो टिमले १० हजार तथा तेश्रो टिमले ५ हजार नगद, प्रमाणपत्र, ट्रफी प्रदान गरिएको क्लबका अध्यक्ष तेजबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update