Hamro Patra
कैलालीको जंगलमा एक जनाको शव फेला

टीकापुर, भदौ १०
कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ५ सेउकलियाको जङ्गलमा आइतवार साँझ एक जनाको शव फेला परेको छ ।

कान्द्रा नदिदेखि एक शय ५० मिटर पश्चिमतर्फ सडिसकेको अवस्थामा शव फेला परेको प्रहरी इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउँदले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

उनका अनुसार अस्थिपञ्जर मात्रै रही सहजै पहिचान गर्न नसकिने अवस्थामा रहेको शव जनप्रतिनिधिलगायतको रोहवरमा गाडिएको छ । 

शव पहिचानका लागि आवश्यक सामग्री सम्बन्धित निकायमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update