Hamro Patra
प्रेमको समर्पण
Khadga Memorial And Janajagriti

"सी.जी. निर्मल श्री" 
चतुर्भुज गौतम

 

रामराज्य !
मानिने 
रामकै राज्यमा
एउटी अबला सीतालाई 
अनेकन् !
पीडा र कष्ट
अनेकन् !
लाञ्छनाका अभियोगहरु 
अनेकन् ! 
अग्नि परीक्षाका 
श्रृङ्खलाहरु ..................
(उफ ! रामको त्यो राज्य !)
.
सोह्र हज्जार !
गोपिनीको मन चोर्ने
दीलमा बस्ने 
प्रेमका राजा
माखन चोर
कृष्णलाई 
सँधैंको हाई हाई 
सबले हाई हाई........
(वाह ! प्रेमको अद्भूत नमूना !)
.
प्रमाणित !
हुदैन र प्रिय !
प्रेम ! आशंकामा हैन
अग्नी परीक्षामा हैन
लाञ्छनामा हैन
आत्मीयतामा हुन्छ
समर्पणमा हुन्छ
जीवनका हरेक 
पल प्रतिपल
तिमीसँगै बिताउने 
विश्वासको सम्बन्धमा
जीवित भएको हुन्छ.......

(आऊ प्रिय !
मलाई ! तिमीले 
सीताले रामलाई गरेको
अग्नीपरीक्षामा भरिएको प्रेम हैन 
राधाले कृष्णलाई गर्ने 
भावनाको समर्पणमा बग्ने 
अद्भूत प्रेम गर..............)

टीकापुर १ कैलाली
हाल : काठमाडौ ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update