Hamro Patra
भुटानलाई फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं, भदौ ९
काठमाडौंमा जारी नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज एन्फा कम्प्लेक्समा  पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिजेट १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो ।

Khadga Memorial And Janajagriti

पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शेखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।

नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने । नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल आगामी बुधबार हुनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update