Hamro Patra
पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं, भदौ ९  
काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुँदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपरान्ह ३ बजेदेखि शुरु हुनेछ । यस प्रतियोगितामा नेपाल समूह ए का दुवै खेल जितेर समूह विजेता हुँदै सेमिफाइनल खेल्दैछ । नेपालले समूह चरणमा श्रीलंकालाई १-० ले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

Khadga Memorial And Janajagriti

भुटान भने समूह बी मा उपविजेता बन्दै सेमिफाइनलमा खेल्दैछ । भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो भने भारतसँग १-० ले पराजित भएको थियो ।   

त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update