Hamro Patra
कांग्रेस सभापति देउवाको निवास अगाडि शंकास्पद वस्तु फेला

टीकापुर, भदौ ९
कैलालीको धनगढीमा रहेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । 

धनगढी उपमहानगरपालिका वडा नं. ४ कर्मचारी सञ्चय कोष कार्यालय नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

Khadga Memorial And Janajagriti

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए ।

उक्त वस्तु के हो भन्ने कुरा नखुलेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update