Hamro Patra
कैलालीका दक्षिणी भजनी र कैलारी जलमग्न

टीकापुर, भदौ ६
हिजोदेखिको अविरल वर्षापछि आएको बाढी गाउँमा पसेपछि कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका र गौरीगंगा नगरपालिका वडा नं. ९ का अधिकांश गाउँ जलमग्न भएका छन् । 

भजनीका ९ वटै वडाका बासिन्दा बाढीमा फसेका छन् । उनीहरूलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धारको प्रयास गरिरहेको नगरपालिकाले जनाएको छ । यस्तै, कैलारी वडा नं. ५ का पुरानो मनिकापुर, पुरानो बैसपुर, बंगालीपुर, सपनाश्री गाउँका सयौं परिवार विस्थापित छन् ।

Khadga Memorial And Janajagriti

हिजो बाढीमा फसेका कैलारीका विभिन्न गाउँका १२ जना र गौरीगंगा नगरपालिकाका ४ जनालाई उद्धार गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । 

त्यसक्रममा कैलारी गाउँपालिका वडा नं. ५ बयसपुरका रामकृष्ण चौधरी र उनकी श्रीमती लोकमाया चौधरीलाई आफ्नो घरको सामान ओसार्ने बुधबार बाढीले बगाएको थियो ।

कटैनी नदीको बहाव गाउँमा पसेपछि आएको बाढीमा बगेर करिब ५ शय मिटर तल घाइते भई रुखमा अड्किएको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको छ । अहिले उनीहरूलाई सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताएका छन् ।

भजनी पूरै जलमग्न छ । ९ वटै वडाका बासिन्दा प्रभावित छन् । सशस्त्र प्रहरी, जनपथ प्रहरी परिचालित रहेको नगरपालिकाका विपद् फोकल पर्सन विष्णुराज न्यौपानेले बताएका छन् । ‘कति परिवार भन्ने संख्याको यकिन छैन, सबै परिवारहरु डुबानमा छन्,’ उनले भने ।

कैलारीका बाढी विस्थापित परिवारनजिकको सेल्टरमा रहेको कैलारीका स्थानीय रेबन्त बोहराले बताएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीको प्रारम्भिक तथ्यांकअनुसार बुधबार रातिसम्म भजनी नगरपालिका ३,४,५ र ८ नम्बर वडाका ४१५, घोडाघोडी नगरपाकिा ५ र ९, कैलारी ५ का ५४ परिवार विस्थापनको अवस्थामा छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update