Hamro Patra
पूर्वी कैलालीका विभिन्न स्थानमा भारी वर्षाः सचेत रहन प्रशासनको आग्रह

टीकापुर, भदौ ६
कैलालीको पूर्वी क्षेत्रका विभिन्न स्थानमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । लम्कीचुहा नगरपालिकाको वडा नं. ८ बचैलामा विहान ६ः१५ बजे गरिएको मापनमा पछिल्लो एक घन्टामा ४३.२ मिलिमिटर वर्षा भएको छ । 

त्यस्तै लम्कीचुहाकै वडा नं. ४ बलियामा ३६.४ मिलिमिटर पानी परेको छ भने बर्दियाको दौलतपुरमा २६.४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Khadga Memorial And Janajagriti

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रले कैलालीका विभिन्न स्थान भएर बग्ने पथरिया, कुलरिया, जमरा लगायत साना, ठूला खोलामा बाढीको जोखिम रहेको उल्लेख गर्दैै सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । 

लगातारको पानीका कारण कैलालीको दक्षिणी क्षेत्रमा डुबान हुनसक्ने भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update